दोलालघाटमा उत्साहजनक सहभागिता भुम्लुको घर दैलो अभियान

दोलालघाटमा उत्साहजनक सहभागिता भुम्लुको घर दैलो अभियान
तस्विर अर्बिन्द्र गौतम
SASA INFOSYS

बनेपा २२ वैशाख ।

वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको लागि जिल्लाको भुम्लु गाउँपालिकामा नेकपामा एमालेले चुनावी गतिविधिलाई तिब्रता दिएको छ । भुम्लुको वडा नं १, २, ३ ,४,५,६,७,८,९ मा एमालेले घरदैलो कार्यक्रम गरिसकेको छ । आज दोलालघाट बजारमा नेकपा एमालेला युवा नेता तथा पुर्व मन्त्री गोकुल बास्कोटाको सहभागितामा बृहत र्याली सहित घर दैलो गरिएको थियो । उक्त घर दैलो कार्यक्रममा उत्साहजनक सहभागिता देखिएको छ ।

कार्यक्रममा चुनावी प्रचार–प्रसारसँगै वडाका अग्रज व्यक्तिहरुबाट आर्शिवाद लिन भुम्लु गाउँपालिका अध्यक्ष पदको उम्मेदवार प्रेम लामा, उपाध्यक्ष पदको उम्मेदवार कल्पना श्रेष्ठ, वडा अध्यक्ष/वडा सदस्यका उम्मेदवार लगायत दलका प्रतिनिधिहरु जनताको घर घर पुगेका थिए ।